Latest NEWS

News


सुभाष दर्नाल जागरण राष्ट्रिय पत्रकारिता पुरस्कारसम्बन्धी सूचना


जागरण मिडिया सेन्टरका संस्थापक अध्यक्ष तथा दलित अधिकारकर्मी स्वर्गीय सुभाष दर्नालको स्मृतिमा जागरण मिडिया सेन्टरद्वारा हरेकवर्ष दलित अधिकारका क्षेत्रमा क्रियाशील आमसञ्चारकर्मीहरुलाई प्रदान गर्दै आएको सुभाष दर्नाल जागरण राष्ट्रिय पत्रकारिता पुरस्कार, २०६९ का लागि सम्बन्धित आमसञ्चारकर्मीहरुलाई आफ्नो व्यक्तिगत विवरण र निवेदनसहित दलित सवालमा प्रकाशित÷प्रसारित सामग्रीहरु आगामी साउन २२ गतेभित्र जागरण मिडिया सेन्टरको नयाँबानेश्वर, काठमाडौंस्थित केन्द्रीय कार्यालयमा आइपुग्नेगरी पठाउनुहुनका लागि हार्दिक अनुरोध गरिन्छ । पुरस्कार छनोटका सर्तहरु प्राप्त सामग्रीहरु २०६९ बैशाखदेखि २०६९ चैतमसान्तसम्म दलित सवालमा रेडियो, टेलिभिजन तथा पत्रपत्रिकामा प्रकाशित वा प्रसारित भएको हुनु पर्नेछ । सामग्री पठाउँदा प्रकाशित÷प्रसारित मिति, प्रकाशन÷प्रसारण संस्था र प्रकाशित÷प्रसारित सामग्रीहरुसहित उपयुक्त फम्र्याट(सीडी, डीभीडी, मेमोरीकार्ड वा फोटोकपी) गरी पठाउन सकिनेछ । ईमेलबाट प्राप्त वा हस्तलिखित सामग्रीहरुलाई स्वीकार गरिनेछैन । वि.सं. २०७० साउन २२ भन्दा पछि प्राप्त सामग्रीहरुलाई पुरस्कार छनोट प्रक्रियामा सहभागी गराइनेछैन । पुरस्कार छनोटको सर्वाधिकार विज्ञहरुसहितको पुरस्कार छनोट समितिमा रहनेछ । छनोटमा परेकामध्येबाट एक जनालाई जागरण राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गरिनेछ । थप जानकारिका लागि ः जागरण मिडिया सेन्टर, बुद्धनगर, काठमाडौं, फोन ः ०१–४७८१२१६, ४७८०५९७, ईमेल info@jagaranmedia.org.np, ब्लग http://jagaranmediacenter.wordpress.com वेभसाइट http://www.jagaranmedia.org.np फेसबुक https://www.facebook.com/jagaran.media